0 COMMENTS

काठमाडौँ २५मंसिर०७४/ बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् ।

नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्,

मैले यसलाई अनपेक्षित रुपमा लिएको छु । यो कसरी भयो भन्ने विषयमा मैले पहिला सबै मूल्यांकन गरेर, तथ्य प्रमाणहरु जुटाउनुपर्ला भन्ने लागेको छ ।
प्रशस्तै षडयन्त्र भएको पाइएको छ । त्यसैले प्रमाण जुटाउन पर्ने बेला भएको छ ।

यता, काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टी भित्रैको अन्तर्घातको कारण आफू पराजित भएको बताएका छन् ।उनले भने, ‘बाम गठबन्धनभन्दा पनि पार्टीभित्र कै आन्तरिक कारणले हामी पराजित भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।