0 COMMENTS

बुटवल, मंसिर २५मंसिर०७४/रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ ।

अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई लाख राशिसहितको ‘रोटरी सर्भिस अवार्ड –२०१७’ प्रदान गर्न लागिएको क्लबका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले जानकारी दिए ।

क्लबको रजत जयन्तीको अवसरमा मंसिर २८ गते बुटवलमा आयोजना गर्न लागिएको कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल–भुटानका गभर्नर शंजय गिरीले उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

क्लबले विभिन्न क्षेत्रका प्रतिभालाई खोजी गरी प्रत्येक दुई÷दुई वर्षमा अवार्ड प्रदान गर्दे आएको क्लबका अध्यक्ष राजेन्द्र लम्सालले जानकारी दिए ।वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने इन्टरनेट सञ्जाल विस्तार गर्न सफल पुनले सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरी निरन्तर अनुसन्धानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।