0 COMMENTS

काठमाडौ २४मंगसिर०७४/काठमाडौं निर्वाचन क्षेत्र नम्वर चार प्रदेस सभा २ का नेपाली कांग्रेस का उम्मेदवार साधुराम खड्का ले मतदाताप्रती धन्यवाद ज्ञापन गरेका छन् ।अन्तिम मत परिणाम सार्वजनिक भएपछी कांग्रेसका उम्मेदवार साधुराम खड्काले मतदातालाई सामाजिक सन्जाल मार्फत धन्यवाद दिएका हुन् । उनले मंगसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएकामा क्षेत्र नं ४अन्तर्गत प्रदेश सभा २ सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

क्षेत्र नम्वर चार प्रदेस सभा २ का नेपाली कांग्रेस का उम्मेदवार साधुराम खड्का बाम गठबन्धनका उम्मेदवार कुसुम कुमार कार्की संग  २८९२ मतले  पराजित भएका थिए । चुनावमा निर्वाचित कुसुमकुमार कार्कीले १२३४६ मत र  साधुराम खड्काले ९४५४ मत ल्याएका थीए ।  साधुराम खड्काले सम्पन्न भएको निर्वाचन मार्फत मतदाताबाट प्राप्त सम्मानित मतको सधैं कदर गर्ने बताउदै निरन्तर जनतासंगै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनीमार्फत  सामाजिक संजालमा दिएकाे धन्यवाद यस्ताे रहेकाे छ ः

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।