0 COMMENTS

चौतारा, २४ मंसिर०७४/ सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनमा अधिकांश स्थानमा वाम गठबन्धन विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको सिन्धुपाल्चोकको क्षेत्र नं १, प्रदेशसभा सदस्य (क) मा नेकपा (एमाले)का अरुणप्रसाद नेपालले २१ ह्जार ७१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णुबहादुर खत्रीले १४ हजार ६३३ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य (ख) मा एमालेकै सुरेश नेपालले २२ हजार ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै राजेन्द्रकुमार श्रेष्ठले १२ हजार १८७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी क्षेत्र नं २, प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले २० हजार ६८७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विकास तामाङले १३ हजार ५२१ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभा सदस्य (ख) मा काँग्रेसका निमा लामाले १८ हजार ९०५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दावा तामाङले १८ हजार ७०८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।