0 COMMENTS

काठमाडौं २३मंसिर०७४/ निकै रोचक हुँदै गएको गोरखा–२ को चुनावी प्रतिस्पर्धामा नयाँ शक्तिका डा. बावुराम भट्टराईले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणाम अनुसार भट्टराई २० हजार ८९७ मत सहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्दी एवं बाम गठबन्धनका साझा उम्मेद्वार नारायणकाजी श्रेष्ठले १७ हजार ८२९ मत सहित भट्टराईलाई पछ्याईरहेका छन् ।

गोरखा–२ मा हालसम्म ४१ ह्जार १२२ मत गणना सकिँदा १ हजार ८७१ मत बदर भएको छ ।सोही क्षेत्रको प्रदेश ‘क’ तर्फ नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी कमला नहर्कीले ९ हजार ३ मत ल्याएकी छन् ।

उता गोरखा–१ तर्फ माओवादी केन्द्रका नेता हरिराज अधिकारीले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार गोरखा–२ का प्रतिनिधिसभाका उम्मेद्वार अधिकारीले १५ हजार २९९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत पाएका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।