0 COMMENTS

काठमाडौं२३ मंसिर०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ।

निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि पछि लय सम्हालेका गगनले २० हजार २ सय ८५ मत प्राप्त गरि अगाडी बढेका छन्।थापाका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १७ हजार ७ सय २५ मत प्राप्त गरेका छन् ।

वुढानिलकण्ठ नगरपालिकाको मतगणना सकेर काठमाडौं महानगरपालिकामा मतगणना प्रवेश गरेसँगै थापाको अग्रता फराकिलो भएको हो।विवेकशील साझाकी सुबुना बस्नेतले १ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन्।

महानगरपालिकाका ४ वडा मध्ये वडा नम्वर ७ , ८ र ३० को मतगणना सकिएको छ। अब १ को मतगणना गन्न बाँकी रहेको बताइएको छ।काठमाडौं ४को यो चुनावलाई धेरैले महत्वका साथ हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।