0 COMMENTS

 काठमाण्डाै२२मंसिर०७४/ नुवाकोट क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार हित बहादुर तामाङको ७४३० मत आएको छ भने डा. रामशरण महतको ६२५७ मत आएको छ ।

यस्तै नुवाकोट क्षेत्र नम्वर १ को प्रदेश क मा वाम गठबन्धनकी उम्मेदवार राधिका तामाङको ३३०४ मत आएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेन्द्र थिङ्गको २२९४ आएको छ ।
प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार बद्रि मैनालीको ५३२० मत आएको छ भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश महतको २२९४ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।