0 COMMENTS

काठमाडौँ२२मंसिर०७४/ काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

काठमाडौँ १ मा खसेको कुल मत २०४५ मध्ये नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ९४० मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं १ का सहायक निर्वाचन अधिकृत कृष्ण नेपालले जानकारी दिए ।

विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ६७५ मत लिएर सिंहलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार अनिल शर्माले २६८ प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा अहिलेसम्म गणना भएको कुल मत दुई हजारमध्ये नेकपा (एमाले) का उम्मेदवार माधवकुमार नेपालले एक हजार २३, नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेलले ४६९ र विवेकशील साझा पार्टीका उम्मेदवार डा.सूर्यराज आचार्यले ४२४ मत प्राप्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नं ४ मा गणना भएको कुल मत २,४३० मध्ये नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराईले १,२३९, नेपाली काँग्रेसका उम्मेदवार गगन थापाले १,०४१ र विवेकशील साझा पार्टीका उम्मेदवार सुबना बस्नेतले ४३ मत प्राप्त गर्नुभएको काठमाडौँ क्षेत्र नं ४ का सहायक निर्वाचन अधिकत डम्बरप्रसाद काफ्लले जानकारी दिए । काठमाडौँ क्षेत्र नं. १, २, ३ र ४ को मतगणना राष्ट्रिय सभागृहमा भइरहेको छ । क्षेत्र नं ३ को भने प्रारम्भिक मत परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।