0 COMMENTS

काठमाडौं २२मंसिर०७४/ गोरखा क्षेत्र नम्बर २ को मतगणनाको मतपरिणाममा पनि उमेद्वारद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो अपडेटअनुसार भट्टराई २०७ मतले अघि छन् । ७ हजार ६ सय २२ मत गन्दा उनले ३ हजार ६ सय ७३ मत पाएका हुन् । श्रेष्ठले ३ हजार ४ सय ६६ मत पाएका छन् ।

करिब २/२ घण्टामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अपडेट सुनाउने गरेको छ । विहिबार साँझ सुरु भएको गणनामा कहिले भट्टराई त कहिले श्रेष्ठले अग्रता लिने गरेका छन् । मतपरिणामको टक्करले मतगणना रोचक बन्दै गएको छ । अन्य क्षेत्र र प्रदेशका उमेद्वार मतगणना स्थलमा भए पनि भट्टराई र श्रेष्ठ राजधानीमा छन् ।

मतगणनाको परिणाम आँकलन गरेर मात्र उनीहरु जिल्ला आउने उनीहरु निकट स्रोतले जनाएको छ । क्षेत्र नम्बर २ मा ६० हजार एक सय ९ मत खसेको थियो । गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छ । यी ५ वटै स्थानीय तहको मत मिसाएर गणना गरिएको छ । मतगणना स्थल बाहिर दुई पक्षका नेता कार्यकर्ताको राति पनि भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।