0 COMMENTS

बेसीशहर, लमजुङ, २२ मंसिर ०७४/ सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये चितवनकी ममता गुरुङलाई उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेमध्ये रोशन गुरुङ, अञ्जली घले र दीक्षा घलेको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।

तीव्रगतिमा बेसीशहर बजारमा हुइँकिएको माइक्रोबसले बजारमा हिँडिरहेकालाई एक्कासि ठक्कर दिएको थियो । माइक्रो चालक दुर्घटनापछि फरार रहेको र निजको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।