0 COMMENTS

कल्पना बोहरा ,मंसिर २१ अछाम/प्रतिनिधि र प्रदेश सभाको निर्वाचन चलि रहेको बेला मतदान अधिकृतले एक पत्रकारलाई दुरब्यवहार गरेका छन । जिल्लाको चौरपाटी गाउपालिका वडा नं. ४ बैजनाथ मा वि पायलको मतदान केन्द्रमा मतदान अधिकृत दिपक पाण्डेले रेडियो हाम्रो सफलताका स्टेशन म्यानेजर शेर बहादुर शाहलाई रिपोटिङ गर्ने क्रममा प्रेस पास थुतेर च्यात्यका थिए ।

पत्रकारलाई प्रबेश निषेध गर्छु भन्दै तिन दिन अगाडी भनिरहेको र आज विहान पनि पत्रकारलाई प्रवेशमा रोक लगाएको प्रेस चौतारीका जिल्ला सचिव तुल बहादुर कुवर जानकारी दिए । यस्तै रेडियो हाम्रो सफलताका स्टेशन म्यानेजर शेर बहादुर शाहलाई रिपोटिङ गर्ने क्रममा प्रेस पास थुतेर च्याएपछि प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले प्रेस विज्ञाप्ती निकालेको छ । प्रेस चौतारी अछामका जिल्ला अध्यक्ष टेकराज भण्डारीको हस्ताक्षरीत विज्ञाप्तीमा लेखिएको छ प्रतिनिधि र प्रदेश सभाको निर्वाचन चलि रहेको बेला मतदान अधिकृतले पत्रकार शाहलाई दुरब्यवहार गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।

लोकतन्त्रको आधार निर्वाचन र जनतालाई सुसूचित गराउने राज्यको चौथो अंग पत्रकारिता प्रति राज्यका निकायको गैरजिम्मेवारपूर्ण व्यवहारले संविधानले ग्यारेन्टी गरेको र मौलिक हकका रुपमा उल्लेखित प्रावधानको समेत उल्लंघन भएको हाम्रो ठहर छ । रिपोटिङ गर्ने क्रममा प्रेस पास थुतेर च्याती दुर्ववहार गरेको प्रति निन्दा तथा भ्रत्सना गर्दछौँ । कानूनको पालना गर्नु सबैको दायित्व हो । गलत गरेको भए कानुनी उपचारको बाटो हुँदा हुँदै तल्लो स्तरमा झरेर दुर्ववहार गर्नु विधि विपरित हो ।

यस्ता घटना आगामी दिनमा हुन नदिन सम्बन्धित सरोकारलाको समेत ध्यानाकर्षण गराउँदछौँ । भनि हस्ताक्षरी विज्ञाप्ती उल्लेख गरिएको छ । यस्तै प्रेस चौतारीका केन्द्रिय सदस्य तथा हाम्रो रेडियो नयाँ सफलताका प्रबन्धक निर्देशक राजेन्द्र कुवँरले मतदान अधिकृत दिपक पाण्डेले गरेको पत्रकार माथि प्रेस पास थुतेर च्याती दुर्ववहार गरेको प्रति निन्दा तथा भ्रत्सना घोर आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।