0 COMMENTS

कल्पना बोहरा २१ मंसिर, अछाम/बिहिवार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा अछाम जिल्लामा अुमानित ६० प्रतिशत मत खसेको जिल्ला निवार्चन कार्यालय अछामले जानकारी दिएको । दुगर्ममा रहेका रामारोशन, चौरपाटी, तुर्माखाँद, ढकारी, रहफ लगायतका क्षेत्रमा रहेका मतदान अधीकृत संग सम्पर्क हुन नसक्दा एकिन प्रतिशत आउन अझै केहि समय लाग्ने निवार्चन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।

स्थानीय तहको भन्दा कम मत खसेको निवार्चन कार्यालयले आँकलन गरेको छ । अछामका दुर्गम क्षेत्रमा रहेका भैरव आधारभुत बिध्यालय तुर्माखाद –१, बिन्द्रासैनी मावि तुर्माखाद –१ रहफ, सुर्य मावी भुलु तुर्माखाद –२ र साफेबगर नगरपालिका –१२ को तुका मावि दर्नेली मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम मंगलसेनमा ल्याउने प्रमुख जिल्ला अधिकारी किसोरकुमार चौधरीले बताए ।

आज मतपेटिका जम्मा गर्ने र भोलि बाट मतगणना सुरु गर्ने तयारी रहेको उनले जानकारी दिए । अछाम जिल्लामा १ सय २९ मतदानस्थलका १ सय ९७ मतदान केन्द्रबाट ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रो लिंगी गरी १ लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् । जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी गरी जिल्लाभरी ४ हजार भन्दा बढी सुरक्षाकर्मी खटाइएको अछामका प्रहरी नायव उपरीक्षक प्रहरी प्रमुख दधिराम न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।