0 COMMENTS

इटहरी २१मंसिर०७४/ बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।
घाइते हुनेमा काँग्रेस र एमाले दुवैतर्फका छन्। मौन अवधिमा पनि मतदाता प्रभावित पार्न हिँडेका दुवै पक्षका कार्यकर्ताबीच झडप भएको हो। मौन अवधिमा पनि सुनसरीमा रातिराति उम्मेदवार र पार्टीका नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा हिड्ने गरेका थिए। सो क्रममा मोरंगको सुन्दर हरैंचामापनि केही दिनअघि झडप भएको थियो। प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।