0 COMMENTS

वीरगन्ज, १८ मंसिर ०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।

आज राति १२ बजेदेखि बन्द हुने नाका मंसिर २१ गते राति १२ बजेदेखि खुल्नेछ । पर्साका प्रजिअ विनोदप्रकाश सिंहका अनुसार निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नका लागि सीमापारिबाट हुने आपराधिक गतिधि नियन्त्रण गर्न सीमा बन्द गरिएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीका अनुसार निर्वाचन सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै सोमबार साझँ ६ बजे देखि २१ गते साँझ ६ बजे सम्म भारतसँग सीमा जोडिएका झापाका सीमानाका बन्द गरिएको हो । झापाको पूर्वी र दक्षिणी क्षेत्र अन्तर्गत १ सय १८ किलोमिटर क्षेत्र भारतसँग प्रत्यक्ष सीमा जोडिएको छ ।

प्रहरी उपरिक्षक केसीले यी सबै नाका शिल गर्न सम्भव नभएपनि झापाको मुख्य नाका काँकडभिट्टा सहित भद्रपुर, बाहुँनडागी, शतिघट्टा, गौरीगञ्ज, केचना लगायतका नाका शील गरिएको बताउनुभयो । एसपी केसीले तीनदिन सम्म सवारीसाधनसहित कुनै पनि व्यक्ति आवतजावत गर्न नपाउने भनि भारतीय सुरक्षाकर्मीसँग सहकार्य गरिएको र सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताउनुभयो ।

प्रहरीले अत्यन्तै आपत्तकालीन र मानवीय संवेदनशीलको अवस्था हेरेर परिचयपत्र खुलाएर आवतजावत गर्न भने दिने जनाएको छ । यसैबीच सीमा पारीबाट हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्न मोरङमा १८ गते सोमवार बेलुका देखि ७२ घण्टाका लागि सिमाना शिल गरिएको छ ।

सीमा सिल भएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको छ । २१ गते बेलुका ६ बजे सम्मका लागि सीमा सिल हुने भएपछि सर्वसाधारणहरु समयमा गन्तव्यमा पुग्न हतारिएका छन् । मोरङको करिब ६३ किलोमिटर भारत संगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुबै तर्फका सुरक्षा निकायहरुले तोकिएको ठाँउमा गस्ती पेट्रोलिङ गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसैगरी २१ गतेको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सोमवार बेलुका ७ बजे देखि २१ गते बेलुका सम्म मदिराको उत्पादन, बेचविखन र सेवनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।