0 COMMENTS

काठमाडौ,मंसिर १८/नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगनकुमार थापालाई लक्षित गरी बम प्रहार भएको छ ।

अाज नेपाली कांग्रेसकाे चुनाव प्रचार प्रशार कार्यक्रम भंङ्गाल चपलीहाइटमा भइरहेको घर दैलो कार्यक्रमलाई लक्षित गरी बम प्रहार भएको हो ।बमलागेर नेता थापा सामान्य घाइते भएका छन् । उनको कान र ढाडमा बमको छर्रा लागेको थियो । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल काठमार्डौ तर्फ लगिएको छ ।अज्ञात व्यत्तिले रिमोटको प्रयोग गरी बम प्रहार गरेको प्रहरीले जनाएको छ ।बम विस्फोट हुँदा ५ जना सामान्य घाइते र २ जना भने गम्भिर घाइते भएकाे कुरा स्थानीय बासिले बताएका छन ।

  बिस्फोटमा परी घाइते हुने हरूमाः 

पूर्ण बहादुर स्थापित 

राम बरुवाल 

श्याम कृष्ण श्रेष्ठ 

सुमन खड्का 

रबिना कार्की

जयराज लामिछाने 

राज काजी श्रेष्ठ 

धुर्व खड्का 

काेशीलाल श्रेष्ठ

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।