0 COMMENTS

दाङ, १८ मंसिर०७४/दाङ क्षेत्र नं २ का उम्मेदवारले प्रादेशिक राजधानी दाङलाई बनाउन र यसको समृद्धका लागि एकमत रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार राजु खनालले नेपाली काँग्र्रेस प्रादेशिक राजधानीका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले त्यसका लागि आफू सांसद रहँदादेखि नै भौतिक निर्माणलाई प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो ।

नेपाली काँग्रेसले प्रादेशिक राजधानीका लागि पूर्वाधार निर्माणअन्तर्गत सडक निर्माण, मेडिकल कलेज स्थापना, सिँचाइ, खानेपानी सेवा तथा विमानस्थल सञ्चालनका लागि पहल गरेको उहाँको भनाइ थियो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का नेता प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार कृष्णबहादुर महराले दाङ प्रादेशिक राजधानी बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दाङ प्रादेशिक राजधानी हुन्छ घोषणा हुन मात्र बाँकी रहेको छ ।” यसका बारेमा आफूले एमाले अध्यक्ष केपी ओली , माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग समेत कुरा गरेको बताउनुभयो ।
नेता महराले लुम्बिनीदेखि रारासम्मको सडक सञ्जाल जोडेर पर्यटनमार्फत यसक्षेत्रको विकास गर्ने उल्लेख गर्नुभयो । प्रदेश सभा क्षेत्र नं २ (१) का उम्मेदवार शंकर पोख्रेलले दाङलाई प्रादेशिक राजधानी बनाउन आफू लागिपर्ने बताउनुभयो । दाङ सुरक्षा, हावापानी, भौगोलिक अवस्था, सरकारी जमिन प्राप्त, मानवबस्तीजस्ता पूर्वाधारले उपयुक्त रहेको उहाँको भनाइ थियो । उहाँले नेपालगन्ज कोहलपुरलाई औद्योगिक क्षेत्र र बुटवल भैरहवालाई पर्यटकीय क्षेत्र बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।