रमिला बस्नेत उदयपुर मंसीर १८/ उदयपुरमा प्रतिनिधि सभा र प्रदेश सभाको सबै सिट नेपाली कांग्रेसले जित्ने निश्चित भैइसकेको नेपाली कांग्रेसका नेता नारायण खड्काले बताएका छन् ।
अाइतबार बेल्टारकाे चाैदण्डीगढी नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको सांस्कृतिक सभालाई संबोधन गर्दै नेपाली कांग्रेसका नेताहरुले सबै सिट नेपाली कांग्रेसले जित्ने र त्यसको घोषणा मात्रै गर्न बाकी रहेको बताएका हुन । नेपाली कांग्रेसका उम्मेदबारलाई जिताउनका लागि नेपाली कांग्रेस केन्द्रबाट जिम्मेबारी सम्हाल्न उदयपुर आईपुगेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.नारायण खड्काले उदयपुरको सबै क्षेत्र नेपाली कांग्रेसले जित्ने निश्चित देखेको बताए । उनले एमाले र माओवादीका नेताहरु केपी ओली र प्रचण्ड एक्लै चुनाव जित्न नसक्ने भए पछि बाम गठबन्धन गरेको बताए । उनले एमाले माओबादीको गठबन्धन धागोले बाधेको जस्तो भएको बताउदै पराजित मानसिकताबाट गठबन्धन भएकोले चुनावको मतगणना हुदा नहुदै गठबन्धन टुट्ने बताए । कांग्रेस नेता खड्काले पढाउने शिक्षकहरुलाई रुखमा झुण्ड्याउने, विद्यार्थीलाई पढ्न नदिनेहरु यतिबेला राजनैतिक स्थायित्वको लागि भन्दै नकचरो प्रवृत्तिमा जनताको घरदैलोमा भोट माग्न आईपुगेको बताए ।
नेपाली कांग्रेस प्रजातन्त्रलाई बन्धक बनाउने विरुद्धमा चुनाव लड्न आएकाले जनताले कांग्रेसलाई विजयी गराउने उनले बताए । कांग्रेस नेता केन्द्रिय सदस्य खड्काले जनताको विश्वास कांग्रेसले जित्ने भएकाले जनलहर कांग्रेसको पक्षमा रहेको, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदबार खड्काले बाम गठबन्धनले जनताको विश्वास गुमाई सकेको बताए । डा. खड्काले अर्काले गरेको कामको स्वामित्व लिन खोज्दै जस लिन खोजेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेस जनताको अधिकार स्थापित गराउने आन्दोलनमा जुटीरहदा एमाले राजा ज्ञानेन्द्र संग सरकार चलाउने भिख मागी रहेकाले जनताले सहि र गलत छुट्याउने बताउनु भयो । घिमिरले एमाले देशमा अधिनायकवादको पक्षमा रहेको, विगतमा बहुदलको विपक्षमा एमाले रहेकाले एमाले कहिल्यै पनि जनताको पार्टी हुन नसक्ने बताए । कांग्रेस केन्द्रिय सदस्य लक्ष्मी परियारले बाम गठबन्धन भनेको खरानीको डोरी भएकाले खरानीको डोरीमा बाधिएको गठबन्धनको कुनै भविष्य नरहेको बताउनु भयो ।
उदयपुर प्रदेश सभा १ ख का उम्मेदबार हिमाल कार्कीले मुलुकमा शान्ति, स्वतन्त्रको रक्षा, समृद्धि र मुलुकको विकासको लागि कांग्रेसको रुख छापमा मतदान गर्न आग्रह गरे । २०४८ साल देखि २०६४ सम्म उदयपुरमा नेपाली कांग्रेस हारिरहदा यो क्षेत्रको विकास र समृद्धि हारेको बताए । यस्तै नेपाली काँग्रेस १ नम्बर प्रदेश उम्मेदवार विदुर बस्नेत ले सबैको भलाई र युवालाई राेजगार का लागि नेपाली काँग्रेस अग्रसर रहेको बताएका छन् । कार्यक्रममा उदयपुर प्रतिनिधि सभाका समानुपातिक उम्मेदबार प्रमिला राई लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत चाैदण्डीगढी नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कांग्रेसका युवा नेता पवन कार्कीले लगाएतले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै कार्कीले नेपाली कांग्रेसको घोषणा पत्रले देशको विकास र समृद्धिको खाका स्पष्ट देखि सकिएकाले कांग्रेसलाई मतदान गर्नका लागि आग्रह गरे । कार्यक्रमको अध्यक्ष चाैदण्डीगढी नगरपालिका तथा क्षेत्रीय सभापति भाेजरा पाेख्रेल यस्तै नगरपालिका मेयर खगेन्द्र राई उपमेयर रिता चाैधरी लगाएतले सम्बाेधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्