0 COMMENTS

काठमाडौं १७ मंसिर०७४/ केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन् । यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।

गत साता ७ डिग्री सेल्सियसको हाराहारीमा रहेको राजधानीको न्युनतम तापक्रम शनिबार ५.२ डिग्रीमा झरेको जन तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूती पोखरेलले बताइन् । यो उपत्यकामा अहिलेसम्मकै सबैभन्दा चिसो हो ।

राजधानीमा अधिकतम तापक्रम २० डिग्रीको हाराहारीमा झरेको खबर आजको कान्तिपुर दैनिकलेसमेत छापेको छ ।आइतबार २० डिग्रीकै हाराहारीमा रहे पनि सोमबारदेखि अधिकतम तापक्रममा समेत गिरावट आउने महाशाखाको अनुमान छ । त्यसपछि अझै चिसो बढ्ने छ ।

भारतको उत्तर पश्चिमी क्षेत्र काश्मिर र आसपासबाट मुलुकमा पश्चिमी भेग हुँदै भित्रने वायुका कारण मुलुकको तापक्रममा उतार चढाव आउने गर्छ । पश्चिमी वायु हिमालयन रेज्नमा ठोकिएर अन्यत्र फैलदा उपत्यकासहित धेरै ठाउँमा अहिले चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।