0 COMMENTS

काठमाण्डाै१६मंसिर०७४/ बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र दुईवटा सकेट बमसहित भारत अछाम सिमलटापुका २३ वर्षका राजु विश्वास र भारतको पश्चिम बंगालका ३० वर्षका मोहम्मद फर्मान अलीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । उनीहरुलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ ।

मुख्य योजनाकार पक्राउ

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिका –६ दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् । उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका –८ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न अरुको पनि पहिचान भईसकेकोले उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । वुधबार बिहान उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरि दनुवारवेसीको जंगलमा बम पड्कँदा कार्कीसहित सातजना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।