0 COMMENTS

कल्पना बोहरा , अछाम १५ मंसिर/प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली काँग्रसले जितेमा आफु नै प्रधानमन्त्री हुने बताए । नेपाली कांग्रेस अछामले आयोजना गरेको चुनावी आमसभालाइ मंगलसैनमा सम्बोधन गर्दै देउवाले आफु सुदरपश्चिमको बासिन्दा भएकाले यहाँको बिकास आफुले मात्रै गर्न सक्ने तर बाम गठबन्धनले जितेमा केपी ओली प्रधानमन्त्री हुने र उनि पुर्बको मान्छे यताको बिकासमा ध्यान नदिने वताए ।

दुख गरेर ल्याएको संविधान च्यातेर कम्यूनिष्टले एक दलीय तानाशाहि शासन ल्याउन खोजेको आरोप लगाएका छन् । देउवाले विकासको नाममा कम्यूनिष्टले सिन्को समेत नभाँचेको भन्दै नेपाली कांग्रेसले जिते विकासको सबै जिम्मा आफुले लिने बताए ।

सभपती देउवाले कांग्रेसलाइ जिताए मंगलसैन देखि चिसापानी हुँदै टिकापुर सम्मको सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । ‘तपाईँ काँग्रेसलाइ जिताउनुस् सामाजिक सुरक्षा भत्ता दोेब्बर हुन्छ । बेरोजगार युवालाइ पनि भत्ताको व्यावस्था हुन्छ ।’ देउवाले भने ।

अछामका निवार्चन क्षेत्र नम्बर २ कोे मंगलसैनमा केन्द्रित भएका नेपाली कांग्रेसका उम्मेदवार प्रतिनिधसभाका सदस्यका उम्मेदवार पुष्पबहादुर शाह, प्रदेशसभा १ का उम्मेदवार सुरतबहादुर विष्ट, प्रदेशसभा २ का बलबहादुर कुवँर, निवार्चन क्षेत्र नम्बर १ को साँफेबगरमा प्रतिनिधीसभा सदस्यका उम्मेदवार भरतकुमार स्वार, प्रदेशसभा १ का मेघराज खड्का र प्रदेशसभा २ का उम्मेदवार टेकबहादुर साउदलाइ मत माग्दै चुनावी सभालाइ सम्बोधन गरेका थिए । प्रधानमन्त्री तथा काँग्रेस सभापती देउवाले आजै साँफेबगरमा पनी काँग्रसको चुनाबी आमसभालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।