0 COMMENTS

रुकुम, १४ मंसिर ०७४/ मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो । मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो । नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिनुभयो । 

यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट– ५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको यहाँका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । फेरि तेजाबलगायत आक्रमण हुन सक्ने जनाउँदै प्रहरीले कडा सुरक्षा दिएको थियो । 
मतदान गर्न जाने मतदातालाई समेत जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गराइएको मतदान अधिकृतले जनाएका छन् । बाँफीकोटको मतदान केन्द्रमा प्रतिनिधिसभाका लागि र आठबीसकोट नगरपालिकामा समानुपातिकका लागि पुनःमतदान भएको हो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।