0 COMMENTS

काठमाडौँ, १४ मंसिर०७४/सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।पृथ्वीनारायणको जन्म जयन्तीमा विदा दिने निर्णय भएको जनाउँदै ऊर्जामन्त्री कमल थापाले प्रधानमन्त्री देउवाप्रति आभार प्रकट गरेका छन् ।

‘आज बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रनिर्माताप्रति सम्मान गर्दै पृथ्वी जयन्तिका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक आभार’, मन्त्री थापाले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।