0 COMMENTS

कल्पना बोहरा,अछाम १४ मंसिर/अछाम क्षेत्र नं. १ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेवदार भीम रावलले नेपाली जनताहरु अहिले सम्म झुक्न नजानेको र सीमाका लागि कयौ विर नेपाली जनताका सपुतहरुले बलिदान स्वरुप ज्यान समेत गुमाएको बताउएका छन ।

संयुक्त बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय उपाध्यक्ष तथा उपाध्यक्ष रावलले चौरपाटी गाउपालिका वडा नं. ५ लुंग्राको चुनावि आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसको विदेशी शक्तिले घाटी थिचेर देश माथी आँखा लगाउन खोज्दा समेत मौन बसेको र उल्टै विदेशीको ईसारामा चलेको आरोप लगाउनु भयो । टीकापुर घटनामा समेत भारतिय शक्ती र नेपाली काग्रेसका केहि सभाषद समेतको हात रहेको ठोकुवा गर्नु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेपालको संविधानमा महिला, दलित र पिछडिएका बर्गहरुलाई अगाडी बढाएको र स्थानिय तहको लागि निर्वाचनमा उम्मेवदारका लागि वाम गठबन्धनले आवाज उठाई समावेश गरेको दावि गर्नु भयो ।

चुनावि सभामा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवं पुर्व सभासद शेर बहादुर कुँवरले दुबै बामपंथी शक्ति मिलेर अब स्थिर सरकार बनाउने निस्चित भएको बताउनु भएको छ । पुर्ब सभासद समेत रहनु भएका नेता कुवरले संयुक्त बाम गठबन्धनले मात्र बिकास र उन्नति तर्फ लिन सक्ने भएकाले जनताले बाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नु भएको थियो ।

एमाले प्रदेश संगठन कमिटी सदस्य एल. बी. रावलले प्रदेश न सातमा एमालेको बिजय भैसकेको र घोषणा गर्न मात्र बाकी रहेको बताउनु भयो । रावलले नेपालकै नेतृत्व गर्न सक्ने बौद्धिक ब्यक्ति भिम रावल भएकाले उहालाई अछामी जनताले दुई तिहाई मत दिएर जिताउन आग्रह गर्नु भयो ।

यस्तै प्रदेश संगठन कमिटी सदस्य तथा समानुपातिक उम्मेदवार मिना साउदले यो क्षेत्रका महिलाहरू माथी हुने अन्याय अत्याचारको अन्त्य का लागि आफू कहिल्यै पछि नहट्ने बताउनु भयो ।

त्यस्तै चुनावी सभामा प्रदेस सभा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार गोविन्द बहादुर कुँवरले महिला, दलित, पिछडिएका बर्गका साझा सवाल प्रदेश शभामा आफ्नो प्रमुख एजेन्डा रहेको बताउनु भयो । प्रदेश अनुसासन कमिटी सदस्य समेत रहनु भएका कुवरले चौरपार्टी गाउपालिकालाई यो क्षेत्रकै नमुना गाउपालिका बनाउने प्रतिबद्धता जनाउनु भयो ।

समानुपातिक उम्मेदवार जंग विकले यो क्षेत्रमा रहेका भुमिहिन र नागरिकता विहिन दलित दाजुभाइको हक अधिकार सुुरक्षित गर्न आफ्नो उम्मवदारी रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।