0 COMMENTS

कल्पना बोहरा ,अछाम १३ मंसिर / प्रधानमन्त्री शेर बहादुर देउबा चुनाबी सभा सम्वाेधनकालागी अछाम आउने  भएका छन् । यहि मसिर १५ गते मगलसेन र साफेबगरमा  नेपाली काग्रेसको चुनाबी आम सभा रहेकाे छ  ।

मंसिर १५ गते बिहान मगलसेनमा हुने चुनाबि आमसभालाई सम्बोधन गर्ने र दिउसो साफेबगरको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस अछामले जानकारी दिएको छ । साफेबगरमा हुने कार्यक्रमका लागि बिभिन्न तयारी समिति समेत गठन गरीएको छ । 

नेपाली काग्रेस क्षेत्र नम्बर १का क्षेत्रिय सभापति कृष्ण बुढाको सयोजकत्वमा मुल आयोजक समिति,जिल्ला कार्यसमिति सदस्य सुरत कुवरको सयोजकत्वमा मञ्च ब्यवस्थापन समिति,मोहन कुवरको सयोजकत्वमा यातायात ब्यवस्थापन समिति,त्रिपुरा सुन्दरी क्याम्पसका स्वबियु सभापति भीम कुवरको सयोजकत्वमा प्रचारप्रसार समिति,मेघराज खड्का माईकलको सयोजकत्वमा युवा तथा स्वयमसेबक परीचालन समिति गठन गरीएको नगर सचिब कृष्ण कुवरले जनकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।