0 COMMENTS

काठमाण्डाै १३मंसिर०७४/  निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। मंसिर २१ गते हुनलागेकाे प्रतीनीधी सभा र प्रदेश सभामा विशेष गरी राजधानी काठमाडौंका उम्मेद्वार चुनावी नतिजा आफ्नो पक्षमा पार्न उम्मेद्वारहरू  मतदाता रिझाउन र स्थानीय जनताहरू संगकाे भेट घाटमा व्यस्त रहेकाे देखीन्छ,  नेपाली कांग्रेस काठमाँडौ निर्बाचन क्षेत्र नम्बर ३ काे प्रत्यक्ष तर्फ  लोकतान्त्रिक गठबन्धनकी  उम्मेद्वार अम्बिका बस्नेतले पनी अाफ्नाे क्षेत्रमा चुनावी माहाेल लाइ अाफ्नाे पक्षमा पार्नका लागी प्रचार प्रशार र मतदाता भेटघाट लाइ  तीब्रगतीमा अगाडी बडाइ रहेकी छीन ।

अाज नेपाली कांङ्ग्रेस क्षेत्र नं ३ काे घर दैलाे कार्यक्रममा उक्त क्षेत्रका जनताहरू उत्साह पुर्बक बस्नेतकाे स्वागतमा जुटेका थीए भने अाफ्नाे टाेल र  क्षेत्रकाे समस्या बारे अाफ्नाे उम्मेद्वा लाइ  जानकारी गराउदै  क्षेत्रले प्रत्यक्ष उम्मेद्वारमा महिला नेतृ अम्बिका बस्नेत लाइ चुन्न पाउदा खुशी देखीन्थे भने उक्त घरदैलोको क्रममा स्थानीयहरुले माला. टिका र खादाले उम्मेदवारहरुलाई स्वागत गर्दै जितको शुभकामना र आशिर्बाद दिएका थिए । बौद्व स्तूपा , फुलबारी , रामहिटीको माथिल्लो भाग , गौरीघाट क्षेत्र , पाटीटार , अरूणिमा बूथ , बौद्व नया बस्ती मा अाज भएकाे घर- दैलाे कार्यक्रममा   प्रत्यक्ष उम्मेद्वार अम्बिका बस्नेत,प्रदेस १ उम्मेद्वार छिरिंग दोर्जे लामा ,प्रदेस समानुपातिक उम्मेद्वार गोबिन्द हरि पूडासैनी रामलाल श्रेस्ठ क्षेत्रीय सभापति संतोष चालिसे , सचिब शान्ती नेपाल ,पूर्ब क्षेत्रीय सभापति परशुराम पोखरेल,निर्बाचन प्रचार संयोजक कामनपा ६ बौद्व भुवन लामा ,नेता गजेन्द्र लामा वडा नम्बर ६ सचिब अजिप लामा,मीडिया प्रचार प्रसार संयोजक बिस्वदीप लामिछाने उपसंयोजक सरोज बस्नेत लगायत  हजाराै काे  संख्यामा स्थानीय जनता एवं कार्यकर्ताको उपस्थिति रहेकाे थीयाे ।

 काठमाडौं निर्वाचन क्षेत्र नम्बर तीनमा काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा, कागेश्वरी मनोहरा नगरपालिकाको १,२,३ वडा र गोकर्णेश्वर नगरपालिका पर्छन्। स्थानीय तह निर्वाचनमा यी क्षेत्रमा वाम गठबन्धन भन्दा लोकतान्त्रिक गठबन्धन बलियो देखीएकाे क्षेत्र हुदा  यो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले आफ्नो मत जोगाएमात्रै पुग्छ भने वाम गठबन्धनले जितकालागि मेहनत गर्नुपर्ने देखिन्छ।

   

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।