चितवन, १३ मंसिर ०७४/ काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।
लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
प्रतिक्रिया दिनुहोस्