0 COMMENTS

दाङ,१३ मंसिर०७४/ दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइते चार जनाको नेपालगन्जमा र अन्य तीन जनाको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार गराइएको विस्फोटमा आठ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।