0 COMMENTS

कल्पाक बोहरा ,अछाम १२ मंसिर/नेपाली सेनाको गाडी मंगलबार बेलुकी साफेबगर मंगलसेन सडक खन्डको तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बाजुरा बाट साफे हुदै मंगलसेन जादै गरेको लु १ ग २७८ नम्बरको आर्मीको ट्रक बेलुकी ७ बजेतिर तिमिल्सेनको ओरालोमा पल्टिएको हो । गुड्दै गरेको बेला ब्रेकफेल हुदा चालकले गाडी सडक किनारामा पल्टाएको बुझिएको छ ।घाइतेको प्रहरीले उद्दार गरेर उपचारका लागि बयलपाटा अस्पतालमा पुर्याएको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।