0 COMMENTS

ताप्लेजुङ, १२ मंसिर ०७४/ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित एक हबल्दार र चार जवान जवानसहित छ जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निलम्बित हुने उनीहरु यही मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ ताप्लेजुङ सदरमुकामस्थित भानु मावि अम्बिटार मतदान केन्द्रमा खटिएका थिए । सोही केन्द्रमा मंसिर ९ गते मतदानस्थलको तयारी हुँदै गर्दा बम विस्फोट भएको थियो ।

विस्फोट भएको अघिल्लो दिन नै विस्फोटक पदार्थ राखिएको तर सुरक्षार्थ खटिएका प्रहरीलाई यस बारेमा थाहा नहुनु हेलचेक्य्राइँ अर्थात विभागको नीति निर्देशन विपरित काम भएको प्रष्ट भएकाले निलम्बित गर्नु परेको बताइएको छ ।सुरक्षा संवेदनशीलतालाई ध्यान नदिएकाले निर्वाचन विरोधी समूहले विस्फोटक पदार्थ राखेको प्रहरीको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।