0 COMMENTS

काठमाडौं, १२ मंसिर०७४/ विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् ।

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिनुभयो ।

आदेशअनुसार रु एक करोड धरौटीको रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन् ।कर फस्र्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विशेष अदालतले जनही रु एक करोड धरौटी माग गरेको थियो । सो रकम तिर्न नसकेर दुवै यही मंसिर ५ गते कारागार चलान भएका थिए । .

आयोगमा अनियमित ढंगले कर मिनाहा दिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको हिरासतबाट मुक्त भई विशेष अदालतको थुनछेक बहसपछि आज धरौटीमा रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।