0 COMMENTS

कल्पना बोहरा अछाम १२ मंसिर/पीछडीएका निमुखा गरिब बृदबृर्दा र भुमीहीन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य भिम रावलले आर्थिक क्षेत्रको विकास, बेरोजगार युवाहरुका लागि विभिन्न उधोग धन्दाको विकास गर्ने र यो क्षेत्रमा रहेका खप्तड, मालिका, बैजनाथधाम, बान्नीगढी लगाएतका क्षेत्रको प्रचार प्रसारका लागि आफु लागि पर्ने बताउनु भएको छ ।

संयुक्त वामगठबन्धनको चुनावी आमसभा चौरपाटी गाउँपालिकाको वडा नं. ३ गगुडामा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गर्दै रावलले आफ्नो पार्टी सरकारमा भएका बेला समाजमा पीछडीएका निमुखा गरिब बृद बृदा असक्त अपांग र भुमीहीन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याएको र अझै पनि यो भन्दा राम्रा कार्यक्रम ल्याउन लागि पर्ने बताउनु भयो ।

चुनावी सभालाई नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा प्रत्यक्ष तर्फका उम्मेदवार भीम रावल, नेकपा माओवादी केन्द्रका दिपक साउद, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा अछाम ईन्चार्ज झपट साउद, पोलिटव्युरो सदस्य झंकर साउद, प्रदेश सभा १ प्रत्यक्ष तर्फका उम्मेदावर गोविन्द कुँवर, एमाले अछामका अध्यक्ष तथा पूर्व सभासद शेरबहादुर कुँवरले सम्वोधन गर्नु भएको थियो ।

यस्तै समानुपातिक उम्मेदवार मना कुमारी साउँद, जंग विक, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउद, नेकपा माओवादीका केन्द्रीय आयोजक समितिका सदस्य तथा निर्वाचन परिचालन समिति चौरपाटीका संयोजक रामबहादुर थापा, एमाले नेता जयन्द्र स्वाँर, नेकपा एमाले जिल्ला कमिटी सदस्य रामबहादुर आउजी, देवबहादुर साउद, वामगठबन्धनका नेताहरु जीवन विक्रम साउद, सुशिला वोगटी, मोहन सिंह वोहरा, शंकरमान वोहरा, रविन्द्र साउद लगायतले सम्वोधन गर्नु भएको निर्वाचन परिचालन समिति चौरपाटीका संयोजक रामबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।