0 COMMENTS

काठमाडौं १२ मंसिर०७४/ राजधानीको बानेश्वरमा व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि सडक अबरुद्ध पारेर वाम गठबन्धनले आचार संहिता उल्लंघन गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार अनिल शर्माका कार्यकर्ताहरुले मंगलबार नयाँ बानेश्वरको वीच सडकमै मञ्च बनाएर चुनावी सभा आयोजना गरेका छन् । सो सभामा केपी ओली र प्रचण्ड आउने भनिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यक्रमका लागि संसद् भवनको २ नम्बर गेट अगाडि मञ्च बनाइएको छ ।बाटो छेकिएका कारण नयाँ बानेश्वरबाट पुरानो बानेश्वर र अनामनगर जाने सवारीसाधन चल्न सकेका छैनन् । सवारी नचल्दा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।पुरानो बानेश्वर र अनामनगरतर्फ सवारी जान नसक्दा तीनकुने र माइती घरसम्मै सवारी जाम छ ।

गठबन्धनको कार्यक्रमका लागि बिहानैदेखि सडक अबरुद्ध गरिएको थियो । तर, कार्यक्रम भने ढीलो सुरु भएको छ ।कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिए पनि ओलीले लगनखेलमा बोलिरहँदा नयाँ बानेश्वरमा जाम भइसकेको छ । प्रचण्ड भने मध्यान्हसम्म चितवनमै छन् ।

निर्वाचन आचारसंहिता अनुसार यसरी सार्वजनिक यातायात अवरुद्ध हुने गरी सभा गर्न पाइँदैन ।निर्वाचन आयोगले जारी गरेको आचार संहिताको दफा ४ (ण) मा सार्वजनिक आवागमनमा अवरोध हुने गरी सभा समारोह गर्न नपाइने स्पष्ट उल्लेख छ ।तर, काठमाडौं क्षेत्र नम्बर १ का वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले आफूहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गरे ।

आफूहरुले प्रशासनको अनुमति लिएर वीच सडकमा मञ्च बनाएको उनले बताए ।‘काठमाडौं क्षेत्र नम्बर १ मा ठूलो मासलाई म्यानेज गर्ने ठाउँ छैन, त्यसैले संविधानसभाको आँगनमा सभा गरिएको हो,’ शर्माले भने,’ हामीले सवारी अवरुद्ध गरेका छैनौं र आचार संहिता उल्लंघन गरेका छैनौं । अनलाइन खबर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।