0 COMMENTS

भक्तपुर १२ मंसिर ०७४/भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लघन भएको भन्दै मंगलबार (आज) निर्वाचन आयोगले अनुगमन गरेको छ । भक्तपुरका राजनीतिक दलहरुले आयोगले लागु गरेको आचारसंहिता विपरित तुल, ब्यानर टाँसी प्रचार प्रसारलाई तीब्रता दिदैं आएको चरम गुनासो आएपछि मंगलबार अनुगमन गरिएको आयोगका आयुक्त सुधिरकुमार शाहले जानकरी दिए ।

आयुक्त शाहको नेतृत्वमा आएको निर्वाचन आचारसहिंता अनुगमन टोलीले भक्तपुर नगरपालिकाको इटाछें, खौमा, टौमढीको क्वाच्छें, साकोठा लगायतका क्षेत्रमा अनुगमन गरी आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाएको छ ।

आयुक्त शाहले आफैपनि भक्तपुरका सडकमा देखिएका प्रचार सामग्री हटाएका थिए । दलहरुले आचारसहिंता विपरित यसरी प्रचार सामग्री टाँसेपछि भक्तपुरस्थित निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै ती सामग्री हटाउन २४ घण्टे अल्टीमेटम दिएको थियो । तर भक्तपुरका राजनीतिक दलहरुले कार्यालयको अल्टीमेटको बवास्ता गर्दै आजसम्म पनि सडक पेटी र टोलटोलमा प्रचार सामग्री झुण्डाउँदै आएका थिए ।
निर्वाचन आयुक्त शाहले मंगलबार नैै भक्तपुरका प्रमुख जिल्ला अधिकारी, निर्वाचन कार्यालयका प्रमुख तथा मुख्य निर्वाचन अधिकृत लगायत सम्बन्धीत निकायका प्रतिनिधिलाई आचारसहिंता विपरित प्रचार प्रसार लगायतका कुनैपनि काम अघि नबढाएन निर्देशन दिएका छन् ।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागी भक्तपुरमा आचारसहंता विपरित दलहरुले व्यापक प्रचार प्रसार गर्दै आइरहेको आयुक्त शाहको भनाई छ ।
यसरी निर्वाचन आचारसहिता उल्लघन गरी सडकै भरी तुल ब्यानर टाँसनेहरुमा एमाले, काँग्रेस, माओवादी केन्द्र, नेमकिपा, राप्रपा लगायतका राजनीतिक दलहरु अग्रपक्तिमा देखिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।