0 COMMENTS

गाईघाट, उदयपुर, १२ मंसिर ०७४/ त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ ।

बम विष्फोटबाट उम्मेदवार कार्कीको गोठमा रहेको एउटा भैँसी र एउटा गाई घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

सातजना पक्राउ

जिल्लामा मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न हालसम्म सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव समूहमा आबद्ध छजना तथा एकजना माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विष्णु कटुवाल, कमलामाया तामाङ, उध्यान प्रधान, श्याम भुजेल, बन्दना पौडेललगायतका रहेका छन् । यस्तै माओवादी मजदुर पार्टीका केन्द्रीय अध्यक्ष हिमाल राईलाई समेत पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।