0 COMMENTS

काठमाण्डाे१२मंसिर०७४/  प्रदेश नं १ अन्तर्गत मोरङ–६ का वाम गठबन्धन उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरेर मंगलबार बिहान सुतली बम विष्फोट गरिएको छ।

प्रतिनिधिसभा उम्मेदवार पण्डित र सोही स्थानका प्रदेशसभा उम्मेद्वार जीवन आचार्यलाई लक्षित गरेर बुढीगंगा गाउँपालिका–५ र ६ को सीमानामा मंगलबार बिहान सुतली बम प्रहार भएको बताइएको छ।

अहिले उक्त क्षेत्रलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यका अनुसार नेता पण्डित र आचार्यलाई लक्षित गरेर बम विस्फोट भएको पुष्टी भएको साथै अहिले दुवै जना सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।