0 COMMENTS

काठमाडौँ १२मंसिर०७४/ सिरहामा निर्वाचनको लागि खटिएका दुई जना प्रहरीमाथि गोली प्रहार गरिएको घटनाको जिम्मेवारी जयकृष्ण गोइतले लिएका छन्। उनले विज्ञप्ति जारी गर्दै आफ्नो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को फौजी दस्तामाथि आक्रमण गर्न खोज्दा प्रतिरोधमा गोली चलाएको दावी गरेका छन्।

चेकजाँचमा खटिएका प्रहरीमाथि सिरहाको कल्याणपुर नगरपालिका वडा ५ चिक्नाको निर्दनामा गोली प्रहार भएको हो। सिरहा-धनुषाको सीमा क्षेत्रमा पर्ने कमला नदी छेउको निर्दनामा चेकजाँचमा रहेका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ। गोली प्रहारबाट प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवर घाइते भएका छन्। दुवैको पेटमा गोली लागेको छ।

मोटरसाइकलमा रहेका अज्ञात दुई जना धनुषाबाट कमला नदी पार गरेर सिरहातर्फ आउने क्रममा चेकजाँचमा खटेका म्यादी प्रहरीसहितको प्रहरीले खानतलासी गर्न खोजेपछि उनीहरुले गोली प्रहार गरेको र घाइतेलाई थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए।

५/६ जनाको समूहमा रहेका म्यादी प्रहरी सहितको नेपाल प्रहरीका जवान लाठीसहित चेकजाँचको लागि खटिएका थिए। गोली प्रहार गर्नेहरु फेरि कमला नदी भएर धनुषातर्फ नै भागेको र उनीहरुको खोजतलास भैरहेको एसपी कोइरालाले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।