0 COMMENTS

 भद्रपुर १२ मंसिर०७४/ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।उनी झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् ।

सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको छ ।झापाका प्रहरी प्रमुख विष्णुकुमार केसीले बम विष्फोटबाट घरको कम्पाउण्ड वाल भत्किएको र ठूलो क्षति नभएको जानकारी दिएका छन् ।गएराति करिब १२ः४५ को समयमा बम विष्फोट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।