0 COMMENTS

काठमाडौँ ११मंसिर०७४/ वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले राष्ट्रको दीर्घकालीन हित, जनताको जीवनस्तर र दैनिकीमा सुधारका लागि वाम गठबन्धनको विकल्प नरहेको बताए ।

स्थानीय चाबहिल गोपीकृष्ण नगरका मतदातासँग आज बिहान अन्तरक्रिया गर्दै उनले ज्येष्ठ नागरिकको सम्मान र सुविधा तथा युवाका लागि रोजगारी पनि वाम गठबन्धनको सरकार बनेमा सुनिश्चित हुने जिकिर गरे।

एमाले केन्द्रीय सदस्य तथा पूर्वसाँसद डा. भट्टराईले निर्वाचित भएर गएपछि टोलमा मतदाता भेट्नै नआउने, जनप्रतिनिधिलाई भेट्न जनताले अर्को निर्वाचन कुर्नुपर्ने, आफ्नो क्षेत्रको मतदाताको दैनिक जीवनस्तरको अवस्था, बाटोघाटो, खानेपानी, बिजुली र सार्वजनिक यातायात जस्ता विषयमा संसद्मा प्रतिनिधित्व गर्ने निर्वाचित जनप्रतिनिधि मौन रहने र मतदाताप्रति उत्तरदायी नहुने परिपाटीको अन्त्यका लागि सचेततापूर्वक मतदान गर्न आह्वान गरे ।

काठमाडौंँ क्षेत्र नं ४ प्रदेश कमा वाम गठबन्धनका उम्मेदवार निर्मल कुइँकेलले एक पटक वाम गठबन्धनलाई बहुमत दिएर परीक्षण गर्न अनुरोध गरे । गोपीकृष्ण हित सेवा समितिका अध्यक्ष डिबी श्रेष्ठले देशका लागि स्थायी सरकारको अत्यन्तै जरुरी रहेको र स्थिर सरकारका लागि यस पटक वाम गठबन्धनलाई विजयी गराएर देशमा चौतर्फी रुपमा देखिएको बेथितिको अन्त्य गर्न आग्रह गरे ।

साहित्यकार तारानाथ शर्मा, कामपा ७ का वडाध्यक्ष शुद्धकुमार डंगोल तथा निर्वाचित जनप्रतिनिधि, हिमबाला महिला समूहका अध्यक्ष मेनुका सापकोटालगायतको सहभागिता भएको सो कार्यक्रममा करिब २५ ज्येष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।