कल्पना बोहरा,अछाम ११ मंसिर/नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको छ ।
२०७० साल बैसाख १९ गते सहकारी बिभाग डिभिजन सहकारी कार्यालय डोटीमा दर्ता नम्बर ४०७÷०६९÷०७० मा दर्ता भएको उक्त सहकारीका करिब १६ सय सेयर सदस्यहरुबाट संकलन भएको करिब ४४ लाख बढी रुपयाँ हिनामिना भएको देखिएको छ ।
हालै मात्र जनता सहकारीको संचालक समिति सदस्यबाट राजिनामा दिएकी शेयर सदस्य राधिका भुजेलका आनुसार अध्यक्ष गोबिन्द वहादुर शाहले संचालक समितिका अन्य केही पदाधिकारीहरुको मिलोमतोमा सहकारीको रकम हिनामिना गरिएको हो ।
संस्थाले हाल सम्म के कति प्रगति गर्यो के कति आम्दानी वा खर्च गर्यो भनि बार्षिक साधारण सभा बोलाई यस संस्थाका शेयर पुजि लगानी कर्ता र संस्थाको लेखापरिक्षण समेत गर्दै आउनु पर्नेमा सो केही नगरी शेयर लगानी कर्ता र कार्य समितिलाई कुनै जानकारी नगराई आफ्नो पैत्रिक सम्पति जस्तो एकाधिकार गरी यस संस्थाका शेयर लगानी कर्ताहरु लगभग १६ सय शेयरधनीहरुलाई गुमराहमा राखी आर्थिक हिनामिना गरेको भुजेलले बिज्ञप्तीमा उल्लेख गरेकी छन ।
आफु एक सचेत नागरिकको हैशियतले सोझासाझा जनताबाट जम्मा हुन आएको रकमलाइ दुरुपयोग हुनबाट रोक्न नसकेकीले दुरुपयोग गर्ने निज गोबिन्द बहादुर शाह र निजको इशारामा रहेका कार्य समितिका पदाधिकारीहरुको लापर्बाहिले गर्दा यो सस्थाका हजारौ सेयर सदस्यहरुको जम्मा गरेको रकमको कुनै लेखाजोखा नै नभएकाले आफुले पटक पटक सस्थाका पदाधिकारीहरुलाई सचेत गराउँदा पनी कुनै सुनुवाई नगरेकाले सस्थाको संचालक समितिको सदस्य पदबाट स्वईच्छा पुर्वक राजिनामा गरेकि छु । बिज्ञप्तीमा भनिएको छ ।
नेपाली काँग्रसका नेता तथा पुर्ब सुचना तथा संचार राज्य मन्त्रि गाबिन्द वहादुर शाह अध्यक्ष, नेपाली काँग्रेसका पुर्ब पार्टि सभापती तथा अछाम क्षेत्र नंम्बर १ प्रदेशसभा १ का काँग्रस उम्मेदवार मेघराज खड्का उपाध्यक्ष, काँग्रस महासमिति सदस्य टक्कर ताम्राकार सचिव, गगन सिंह बोहरा कोषाध्यक्ष्य, तरुणदलका जिल्ला अध्यक्ष प्रकास साँउद सहसचिव लगायत १३ सदस्य कार्यसमिति रहेको सहकारी संस्थाले २०६९ साल देखि मिती २०७४ साल सम्म आफ्नो घर संस्थाको कार्यालय संचालनका लागीे मासिक घर भाडा रु ५० हजारका दरले ५ बर्षको रु ३० लाख र सस्थामा शेयर लागानी गरेको रु २ लाख आफुले नपाएको भुजेलले बिज्ञप्तीमा उल्लेख गरेकी छन ।