0 COMMENTS

कल्पना बोहरा, अछाम ११ मंसिर/अछाम नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेलले पार्टिबाट राजिनामा गरेकी छन । आईतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस नेत्रृ भुजेलले राजिनामा गरेको घोषणा गरेकी हुन ।

नेपाली काँग्रेसमा लागेर लामो समय सम्म राजनिति गरेकी भुजेलले पछिल्लो समय नेपाली काँग्रस देश र जनता प्रति गैर जिम्मेवार भएको, राष्टियताप्रति उदासिन भएको, कुनै दृष्टिकोण र योजना नभएको उनले आरोप लगाएकी छन ।

नेपाली काँगे्रस अछामको जिल्ला नेतृत्वले अछाम जिल्लाका दलित, महिला प्रति आक्रोसित, हेपाहा प्रबृति देखाउनुका साथै गालिगलौज समेत गर्ने भएकोले आफुले पटक पटक पार्टि केन्द्रिय नेतृत्वलाई सचेत गराउँदा पनी कुनै वास्था नगरेका कारण आफुले पार्टिवाट राजिनामा दिएको उनले राजिनामा पत्रमा उल्लेख गरेकी छन ।

नेतृ भुजेलले आमुल परिवर्तनको अपेक्षा राख्ने कुनैपनी ईमान्दार र देशभक्त कार्यकर्ताले नेपाली काँग्रेसमा वसिरहनु देश र जनताका लागी धोका मात्र हुने आफुले महसुस गरी नेपाल महिला संघको केन्द्रिय सदस्य देखी नेपाली काँग्रसको क्रियासिल सदस्य र साधारण सदस्य समेत नरहने गरी आजकै दिन वाट राजिनामा गरेको राजिनामा पत्रमा उल्लेख गरेकी छन ।

साथै उनले नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गाविन्द वहादुर शाह अध्यक्ष र नेपाली काँग्रेसका पुर्ब पार्टि सभापती तथा अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्का उपाध्यक्ष भएर संचालन गरेको जनता विकास बहुउद्देशिय सहकारी संस्थाको संचालक समितिको सदस्यबाट समेत राजिनामा गरेकी छिन ।

उक्त सहकारी संस्थाका करिब १६ सय जना सेयर सदस्यहरुको लाखौ रकम अध्यक्ष शाह र अन्य केही पदाधिकारीहरुको मिलोमतोमा हिनामिना भएको र संस्थाको हाल सम्म साधारण सभा नभएको लगायतका आरोप लगाउदै उनले राजिनामा दिएको बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।