पाल्पा, ११ मंसिर०७४/ करेन्ट लागेर शरीर जलेका युवालाई युकेबाट रु दुई लाख सहयोग प्रदान गरिएको छ ।
आर्थिक रुपमा कमजोर तानसेन नगरपालिका–१४ अर्गलीको कुसेनीका अशोक रास्कोटीलाई युके बस्ने केशवबहादुर ज्ञवालीले रु दुई लाख सहयोग गर्नुभएको हो । आर्थिक सहयोग पाएपछि रास्कोेटीको उपचारका लागि ठूलो राहत मिलेको छ ।
करेन्ट लागेर शरीर जलेर तानसेनस्थित मिसन अस्पतालमा उपचाररत रास्कोटीको आर्थिक स्थिति कमजोर रहेपछि उपचारमा समस्या भएको स्थानीय बासिन्दा रमेश परियारले बताउनुभयो ।
आर्थिक सहयोग प्राप्त भएपछि उपचार सम्भव भएको स्थानीय बासिन्दा विष्णु परियारले बताउनुभयो ।ज्ञवाली तानसेन नगरपालिका–१४, अर्गलीको कुसेनीमा जन्मेर हाल सब परियार युके बस्दै आउनुभएको छ । उहाँले यसअघि पनि आफ्नै लगानीको अर्गलीको कुसेनीमा चौतारी निर्माण गर्नुभएको छ ।