0 COMMENTS

काठमाडौं, मंसिर ११ / सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पाउन सेवाग्राहीले आठ महिनासम्म कुर्नुपरेको छ । सरकारले २०७२ मंसिरदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि समयमै कार्ड छपाइ गर्न नसक्दा वितरणमा समस्या आएको हो । विभागले लाइसेन्स वितरणको कामलाई पनि निर्वाचनको कारण देखाउँदै अनिश्चितकालका लागि बन्द गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

सरकारले यातायात कार्यालयका कर्मचारी निर्वाचनका लागि देशका विभिन्न ठाउँमा जानुपरेको कारण देखाउँदै लाइसेन्स आवेदन फारम भर्ने, परीक्षा दिने काम पनि अनिश्चितकालका लागि बन्द गरिएको सूचना टाँसेको छ । नयाँ लाइसेन्स लिन र वर्ग थप अनिश्चितकालका लागि रोकिए पनि नवीकरण भने खुला गरेको विभागको भनाइ छ । लाइसेन्सको प्रयोगात्मक परीक्षामा आवश्यक ट्राफिक प्रहरीसमेत निर्वाचनमा खटिएकै कारण नयाँ तथा वर्ग थप कार्य बन्द गर्नुपरेको वाग्मती यातायात कार्यालय एकान्तकुनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।