0 COMMENTS

रत्ननगर, चितवन, ११ मंसिर०७४/ चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार उहाँको पहिचान खुलेको छैन । उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।