0 COMMENTS

गोरखा १०मंसर०७४/ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा. भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो जीतमा कुनै शंका नै रहेको बताएका हुन् । उनले हार जीतभन्दा पनि मतान्तर कति हुनेमा जनताको चाँसो रहेको पनि बताए ।

मतदान स्थल पुगेका भट्टराईले भने, ‘बहुदलीय राजनीतिमा सबैले प्रतिस्पर्धा गर्न पाउनुपर्छ । योग्य प्रतिस्पर्धी हुँदा आफ्नो क्षमता अभिबृद्धि हुन्छ भन्ने मान्यता म राख्छु । मेरो जीतमा कुनै शंका छैन । यहाँको बहस भनेको मतान्तर कति हुने हो भन्ने हो । किनभने पहिलेको निर्वाचनमा नेपाल भरीमा सबैभन्दा बढी मत ल्याएर मैले जितेको थिएँ । त्यसमा चाहीँ जनताको चाँसो हो, हार जितमा शंका छैन ।’

उनले यो यो निर्वाचन नेपालमा संघीय गणतन्त्रलाई संस्थागत गर्ने र समृद्धिको बाटोमा अघि बढ्ने महत्वपूर्ण अवसर भएको जिकिर गरे । ‘यसमा भाग लिएर सबै नेपालीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ म पनि त्यही गर्दैछु,’ डा. भट्टराईले भने ।भट्टराईले आफू अर्थमन्त्री भए यता गोरखाको विकासमा तिव्रता आएको भन्दै यसलाई पूरा गर्न जनताले फेरि अभिमत दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।