0 COMMENTS

भक्तपुर ९मंसिर०७४/ चाँगुनारायण नगरपालिका वडा नं ६ को स्वास्थ्यचौकी नजिकै आज साँझ ६ः३० बजे बम विस्फोट भएको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । उम्मेदवारहरु नेपाली काँग्रेसका जीवन खत्री र नेकपा (एमाले)का हरिशरण लामिछानेको गाउँलाई लक्ष्य गरी बम पड्काइएको हो । मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रभाग खरिपाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।