0 COMMENTS

तनहुँ, ९मंसिर ०७४/ तनहुँमा शुक्रबार राति बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । पोखराबाट विरगंजका लागि छुटेको ना ४ ख ६५०० नम्बरको बस तनहुँको म्याग्दे गाउँपालिका–६ अकला मन्दिर नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउने एक पुरुष भए पनि उनको परिचय नखुलको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका कास्की सिसुवाकी १४ वर्षकी लक्ष्मी ओझा, बाजुराकी ३८ वर्षकी गीता भण्डारी, मकवानपुर हेटौंडाकी १८ वर्षकी सरिता धलाङ्ग, १८ वर्षका कुमार मुक्तान, रौतहटका २३ वर्षका सुमन कार्की र ४६ वर्षका कृष्णबहादुरको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।