0 COMMENTS

सुरुङ्गा, झापा, ९ मंसिर०७४/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।

मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।