0 COMMENTS

कल्पना बोहरा,अछाम ८ मंसिर/नेपाली काग्रेस अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेद्धार तथा जिल्ला पार्टी सभापति भरत कुमार स्वाँरले आफु जिबिस सभापति हुँदा गरेका बिकास निमार्णका कामको जनताले राम्रोसँग मुल्याकन गरेको बताउनुभएको छ ।

मेल्लेख गाउँपालिका वर्डा नम्बर ५ बिन्देबासिनीमा शुक्रबार आयोजित चुनाबि आम सभालाई सम्बोधन गर्दे उम्मेद्धार स्वाँरले जनताको आवश्यकता पुरा गर्न र बिकासका लागि आफु जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताउनुभयो ।

वडा कार्यसमितिका सभापति रेवन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा २ का उम्मेद्धार टेक बहादुर साउदले जिल्लाका जनताले बिकास चाहेकाले काँग्रेसको जित आवश्यक रहेको बताउनु भएको छ ।

कार्यक्रममा पुर्ब सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाह, महाधिबेशन प्रतिनिधि टक्कर ताम्रकार, पूर्व महाधिबेशन प्रतिनिधि टिकाराम खनाल, जिल्ला पार्टी सचिब भरत कुमार, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाह लगायतका बक्ताहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव रुप अधिकारीले गर्नु भएको थियो ।

यस्तै नेपाली काँग्रेस अछाम क्षेत्र नम्बर १ प्रदेश सभाका उम्मेदवार तथा पूर्व सभापती मेघराज खड्काले बाम एकताले काँग्रेसलाई कुनै असर नगर्ने बताउनुभएको छ । साफेबगर नगरपालिका वर्डा नम्बर २ जाल्पादेबिमा भएको चुनाबि आम सभालाई सम्बोधन गर्दे उम्मेद्धार खड्काले बाम एकताले नभएर जनताको एकताले बिकास सम्भव भएको जिकिर गर्नु भयो ।

उहाँले बिकासका लागि जिल्लामा काँग्रेसले बिगत देखिनै महत्वपुर्ण भुमिका खेल्दै आएकाले बिकास र समृद्धिको लागि काँग्रेसको बिकल्प नभएको समेत दाबि गर्नु भयो । वडा कार्यसमितिका सभापति कर्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला पूर्व पार्टी सभापति नैन सि कडायत, महाधिबेशन प्रतिनिधी ध्वज बहादुर कुँवर, पूर्र्व जिल्ला पार्टी सचिब टेक बहादुर कुँवर, क्षेत्रिय सभापति कृष्ण बुढा, जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी शाह, नगर सचिब कृष्ण कुँवर लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।