0 COMMENTS
 अछाम ८ मंसिर/चौरपाटी गाउँपालिका वडा नं.७ मार्कुमा निर्वाचन आचारसहिता विपरित विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको भन्दै नेपाल विद्युुत प्राधिकरण साँफेबगरमा उजुरी परेको छ । आचारसहिता विपरित चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्षको पहलमा भईरहेको स्थानीयले आरोप लगाएका छन् । निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम आचारसहिंता विपरित भएको स्थानीय सुरत वोगटीले जानकारी दिनुभयो । मतदातालाई प्रभावित गर्नको लागि निर्वाचनको समयमा विद्युत पोल गाड्ने र तान्ने काम भईरहेको स्थानीय चेतमान वोगटीको भनाई छ । यस अघि स्थानीय तहको चुनावको पनि आचारसहिंता विपरित काम भएको उहाँले बताउनुभयो ।
मार्कुमा विद्युत पोल गाड्ने र तान्ने कामको वारेमा नेपाल विद्युुत प्राधिकरण साँफेबगरले बेखबर जनाएको छ । प्राधिकरणको स्विकृत विना विद्युत पोल गाड्ने र तान्ने काम भएको भए निरिक्षण गरेर रोकिन साँफेबगरका प्राधिकरण प्रमुख रौशन कुमार ठाकुरले बताउनुभयो । भोली नै मार्कुमा गएर उक्त विद्युत पोल गाड्ने र तान्ने काम रोकिने बताउनुभयो ।
चौरपाटी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष गणेश वोगटीले विद्युत पोल गाड्ने र तान्ने विषयमा यसअघि छलफल भएकाले पुराना पोललाई विस्थापित गर्दै नयाँ पोल गाँडेको बताउनुभयो । उहाँले नेपाल विद्युुत प्राधिकरण साँफेबगरलाई जानकारी नगराउनु कमजोरी रहेको स्विकार गर्नुभयो । तर सामान्य विषयलाई लिएर उजुरी दिने कार्य ठिक नभएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।