0 COMMENTS

कञ्चनपुर, ८ मंसिर ०७४/ नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नेपाली काँग्रेसले वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम छर्दै हिँडेको बताउनुभएको छ ।

आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित आमसभामा उहाँले राष्ट्रियता खतरामा पार्ने कार्य काँग्रेसले मधेशी मोर्चासँग गठबन्धन गरेर निम्त्याएको आरोप लगाउनुभयो ।कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले सोही नयाँ नेपाल निर्माण, आर्थिक समृद्धि र विकासका लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताउनुभयो । उहाँले दुई पार्टीका दुई अध्यक्षले खतरा मोलेर आँट गरी नयाँ पार्टी निर्माणका लागि कार्य अगाडि बढाएको उल्लेख गर्नु हुँदै देशलाई नयाँ दिशा दिने प्रयत्न गर्नुभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।